एमाले उपमहासचिव लेखराज भट्टका भाइ गोकर्ण रास्वपा प्रवेश

२०८२ पुष ६, आईतवार

काठमाडौं : नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

जेन–जी आन्दोलनका क्रममा एमाले छाडेर स्वतन्त्र भएको घोषणा गरेका गोकर्ण आइतबार रास्वपामा प्रवेश गरेका हुन्। गोकर्ण एमालेअघि तत्कालीन नेकपा माओवादीमा थिए। उति बेला लेखराज माओवादीको सुदूरपश्चिम क्षेत्रका सबैभन्दा ठुला नेता थिए। लेखराजसँगै भाइ गोकर्ण पनि एमालेमै बसेका थिए। एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो।

एमालेमा एक से एक पुराना नेता थिए। तर, गोकर्ण चुनाव जित्न भने सकेनन्, उनी नेपाली कांग्रेस उम्मेदवार वीरेन्द्र भट्टसँग पराजित भएका थिए। त्यसपछि उनी एमालेमा असन्तुष्ट सुनिँदै आएका थिए।  यस पटक उनी एमाले छाडेर रास्वपामा प्रवेश गरेका छन्।

आइतबार उनले फेसबुकमा आफ्नो रास्वपा सदस्यताको कार्ड नै सार्वजनिक गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार