प्रदीप पौडेल फेरि महामन्त्रीमा उठ्ने

२०८२ पुष ८, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्।

आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्। पार्टीको १४औं महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै उनले १५औं महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन्।

सो अवसरमा उनले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने कुरा पनि उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार