काठमाडौं : जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा गरेको छ।
आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो। उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ।
आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो।






