बुहारीमाथि आगजनी गरी हत्या गर्ने सासू र नन्द पक्राउ

२०८२ पुष ८, मंगलवार

काठमाण्डौँ : सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।

कमलामाई नगरपालिका ४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको आइतबार अपराह्न साढे ४ बजेतिर हत्या भएको हो । उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।पक्राउ पर्नेमा ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजन छन् ।

मृतकका माइती पक्षले उनीहरूसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरूद्ध पनि किटानी जाहेरी दिएका छन् । ‘आगजनीले दुर्गामान पनि घाइते छन् । मृतक मिनाका श्रीमान कोरियामा छन् । उनीहरूबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो ।

आइतबार सुशीलाको शव पेट्रोल छर्केर आगजनी गरेको अवस्थामा भेटिएको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार