काठमाडौं : भोलि (बिहीबार) सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले क्रिसमस डे पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो । डिसेम्बर २५ अर्थात क्रिसमस डेमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा उत्सव मनाउने छन् ।
बिदाको दिन बैंक, बीमा कम्पनी, सेयर बजार तथा सरकारी कार्यालयहरू बन्द रहनेछन् ।





