चितुवाको आक्रमणबाट महिलाको मृत्यु

२०८२ पुष ९, बुधबार

काठमाडौं : बर्दियामा चितुवाको आक्रमणबाट  एक महिलाको  मृत्यु भएको छ ।

चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– १० की ५० वर्षीया पार्वती डाँगीको मृत्यु भएको हो । घरनजिकको सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणमा परी  डाँगीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।

उनले भने, ‘दिउँसो १२ बजेको समयमा घरदेखि दक्षिणमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएको वेला एक्कासि  चितुवाले घाँटीमा आक्रमण गर्दा डाँगीको मृत्यु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार