प्रचण्ड सुनसरी क्षेत्र नम्बर ४ बाट सिफारिस

२०८२ पुष १०, बिहीबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट को सिफारिस भएका छन् ।

बुधबार बसेको नेकपा क्षेत्र नम्बर ४ स्तरीय बैठकले प्रचण्डसहित अन्य चार जनाको नाम सिफारिस गरेको हो । नेकपाका केन्द्रीय सदस्य पदम अधिकारीले प्रचण्डसँगै नेताहरू महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट‍्वालको नाम उम्मेदवारका लागि सिफारिस गरिएको जानकारी दिए ।

बैठकले सामानुपातिक तर्फ योगेन्द्रप्रसाद मण्डल ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार