‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चार मन्त्री जगदीश खरेलसँगको भेटमा ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको बताएका छन्।

‘प्रचण्ड’लाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। ‘प्रचण्ड’सँगको भेटमा उनले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’

उनले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पनि सरकारले निर्वाचनको वातावरण बनाए चुनावमा जाने बताएको उनले सुनाए। प्रधानमन्त्री पनि चुनावको वातावरण बनाउनको लागि राजनीतिक दलसँग कुरा गरिरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार