मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०८२ पुष १३, आईतवार

संखुवासभा : कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

कोसी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सडकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा  खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को १८ प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश १–०२–०४३ प २२७७  नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते को १८ प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तैगरी खाँदबारी–९ का मोटरसाइकल चालक ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार