काठमाडौं : उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।
पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग पार्टी एकताबारे छलफल भइरहेको सन्दर्भमा शनिबार बैठक बसी उक्त निर्णय गरिएको उनले बताए ।





