जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ : हर्क साम्पाङ

२०८२ पुष १३, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकोप्रति धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खिसीटिउरी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आज बिहान मात्र सहमति भएको हो । सहमति अनुसार रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने विषय उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार