हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

२०८२ पुष १२, शनिबार

काठमाडौँ : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार