कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२०८२ पुष १४, सोमबार

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र सूची तयार गरेर आयोगलाई बुझाइने छ ।

समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको महतले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार