नयाँ म्युजिक भिडियो “बिश्वामित्र” सार्वजनिक

२०८२ पुष १६, बुधबार

काठमाडौँ : पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा निर्मित “विश्वामित्र” नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली सांगितिक क्षेत्रमा नयाँ प्रयोगको रुपमा संस्कृत शब्दहरु सहितको ¥यापकोप्रयोग भएको यो गीत राजा ऋषी विश्वामित्र तथा ईन्द्रले पठाएका अप्सरा मेनाकाको पौराणीक कथामा आधारीत छ । हाल अमेरिकामा बसोबास गरिरहेका पुष्कर पन्तद्वारा रचित तथा लिखित यस गीतको कार्यकारी निर्माता मीरेश अधिकारी रहेका छन् भने यसमा चर्चित गायक राम चन्द्र काफ्ले तथा गायीका जुनु रिजाल काफ्ले ले स्वर दिएका छन् ।

कोरियोग्राफर राजिव समरले नृत्य निर्देशन गरेका यस भिडियोको छायांकन बिशाल थापाले गरेका छन्भने बिक्रम तामाङ्गले निर्माण संयोजन गरेका छन् । मेनका तथा बिश्वामित्रको भूमिका मा यस भिडियो मा अभिनेत्री लोसिना लामिछाने तथा अभिनेता बद्रि प्रसाद तिवारीको अभिनय रहेको छ ।

बिज्ञापन क्षेत्रबाट सांगितिक क्षेत्रमा आफ्नो यात्रा थालेका मीरेश अधिकारी तथा शिव पोैडेलद्वारा निर्देशीत यस म्युजिक भिडियोको निर्माता पुष्कर पन्त स्वयं हुन् भने कार्यकारी निर्माता धर्मी इन्टरटेनमेन्ट प्रा. लि. समुह हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार