सरकार निर्वाचन बिथोल्ने योजनामा लागेको छ : रघुवीर महासेठ

२०८२ पुष २०, आईतवार

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार निर्वाचन बिथोल्ने योजनामा लागेको गम्भीर आरोप लगाएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीहरू फिर्ता नभएको अवस्थाले सरकार निर्वाचन गराउन इच्छुक नभएको पुष्टि हुने दाबी गरे ।

उपमहासचिव महासेठका अनुसार २३ र २४ गते लुटिएका हजारौं हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन भने फरार कैदीहरूको बहुसंख्यक अझै बाहिर छन् । यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न उठाए । ’बाहिर रहेका कैदी र हतियारहरू कसको विरुद्ध प्रयोग हुन्छन् ? यो सोचनीय विषय हो,’ उनले भने ।

एमाले निर्वाचनबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्दै महासेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विगतको नजिरअनुसार फैसला गर्नुपर्ने माग राखे । ’संसद् विघटनपछि अदालतले स्थापित गरेको नजिर फेरि कायम होस्,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार