घरको छत खस्दा ६ जनाको मृत्यु, पाँच घाइते

२०८२ पुष २०, आईतवार

काठमाडौं : पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा (केपी) शनिबार बिहान घरको छत खस्दा छ जना व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

अधिकांश मृत्यु भएका व्यक्ति बच्चा हुन् । राज्य सञ्चालित रेस्क्यु ११२२ का अनुसार, यो घटना चर्सड्डा जिल्लाको शाबकदार क्षेत्रमा बिहान करिब ४ बजे घटेको थियो । छत खस्दा त्यहाँका महिला र बच्चाहरू फसिएका थिए । रेस्क्यु ११२२ केपीका प्रवक्ता बिलाल अहमद फाइजीले सिन्हुआलाई जानकारी दिँदै भन्नुभयो,“घर माटोबाट बनाइएको थियो र वर्षाका कारण कमजोर भएको थियो ।”

घाइतेलाई प्राथमिक उपचार दिइएको र नजिकैको अस्पतालमा सारिएको छ । मृतकमा दुई देखि १४ वर्षका बच्चाहरू र २५ वर्षीया महिला रहेका छन् भने घाइतेमा पनि महिला र बालबालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार