एमाले सचिवालय बैठक मंगलबार बस्ने

२०८२ पुष २१, सोमबार

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् ।

बैठक मंगलबार बिहान ९ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार