रवि र बालेनको एकताबाट डराएका छैनौँ : प्रचण्ड

२०८२ पुष २२, मंगलवार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको एकताले नडराएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै लामिछानेसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने दाहालको टिप्पणी छ।

उनले भने, ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन। हामी डराएका पनि छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार