मैले रविलाई अप्ठ्यारो स्थितिमा साथ दिएको छु : प्रचण्ड

२०८२ पुष २३, बुधबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने र बालेन शाह मिल्दा आफ्नो पार्टीलाई कुनै पनि डर नरहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई धेरै अफ्ठ्यारो स्थितिमा साथ दिएकाले उनीहरु मिल्दा नेकपालाई कुनै डर नरहेको बताएका हुन् ।

‘बालेन रविको गठबन्धनबाट विल्कुल डराएका छैनौँ । रविलाई धेरै अफ्ठ्यारो स्थितिबाट मैले साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो । त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन, डर पनि छैन,’ प्रचण्डले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार