काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष लिङ्देन उनको निवास भक्तपुरको गुण्डु पुगेका हुन्। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दुवै अध्यक्षबीच आज भेटवार्ता भएको हो।
राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान आयोजना गर्दैछ। सोही कार्यक्रमका लागि निम्तो दिन अध्यक्ष लिङ्देन अध्यक्ष ओलीकहाँ पुगेका हुन्।





