काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह, कुलमान घिसिङलगायतका नयाँ वैकल्पिक शक्तिहरूले आगामी २० वर्ष चुनाव नजित्ने ठोकुवा गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कसैको नाम नलिई पूर्वप्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले एमाले कांग्रेसले जित्ने अवस्थामा चुनाव नगराउने खेल चलिरहेको आरोपसमेत लगाए।
चुनाव गराए एमालेले सहजै जित्ने दाबी गर्दै ओलीले भने, ‘म सुन्छु एमाले कांग्रेसले चुनाव जित्छ भने चुनाव नगराउने रे । फलाना फलानाले जित्छ भने मात्रै गराउने रे। ती फलानाले चुनाव अब आउँदो २० वर्ष जित्ने छैनन् । के गर्ने त चुनाव नगराउने २० वर्ष ?’





