काठमाडौँ : नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
बुधवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । एसपीहरु भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन् ।





