बालेनले माघ ५ गते राजीनामा दिने

२०८२ पुष २८, सोमबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।

त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार