नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार