काँग्रेसको विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन अनुरोध

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : काँग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ ।

राष्ट्रपतिको सचिवालयले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर्वाचन समितिलाई हटाउन आग्रह गरेको हो ।

भृकुटीमण्डपमा निर्वाचन आयोगले टाँस गरेको मतदाता नामावलीको सूचीमा पौडेलको नाम २ नम्बरमा छ । उनको पदमा ‘नेता’ लेखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार