भारतको हिमाचलमा आगलागी हुँदा सल्यानका ९ जनाको मृत्यु

२०८२ पुष २९, मंगलवार

सुर्खेत : रोजगारीको सिलसिलामा भारतमा रहेका सल्यानका नौजनाको आगलागीमा परेर मृत्यु भएको छ।

सिद्धकुमाख गाउँपालिका २‚ सल्यानका दुई परिवारका नौजनाको मृत्यु भएको वडा कार्यालयले जनाएको छ। मृत्यु हुनेमा धनबहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशीराम कामी, अनु विक, टीका विक र किरण विक छन्।

वडा कार्यालयका अनुसार भारतको हिमाचल प्रदेशको सोलन जिल्लास्थित अर्की बजारमा काम गर्दै आएका उनीहरू बसेको कोठामा २७ पुसमा सिलिन्डर पड्किएर आगलागी भएको थियो।

सिद्धकुमाख २ को वडा कार्यालयले उक्त घटनाप्रति दुख व्यक्त गर्दै मंगलबार वडाभित्रका सबै सरकारी कार्यालय तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार