काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ ।
खेल बुधबार विहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाली महिला टोलीले हालसम्म आयरल्यान्डसँग खेलेको छैन । यो खेल आधिकारिक रूपमा कतै मान्य नहुने भएपनि छनोटको मुख्य खेलअघि एक्सपोजरका लागि महत्वपूर्ण हुनेछ ।
आयरल्यान्डले यसअघि चारपटक महिला टी-२० विश्वकप खेलेको छ । पछिल्लोपटक सन् २०२३ मा भएको विश्वकप खेलेको थियो । महिला टी-२०आई वरियतामा नवौं स्थानमा छ ।





