सिन्धुलीको ध्याङलेखबाट बैंक लुट्ने चार जना पक्राउ

२०८२ पुष ३०, बुधबार

काठमाडौँ : नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने ।

मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच/ छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार