महामन्त्रीहरूले प्रतिनिधिहरूलाई झुक्याए : कार्यवाहक सभापति खड्का

२०८२ माघ २, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले प्रतिनिधिहरूलाई झुठो आश्वासन दिएर विधान विपरीत विशेष महाधिवेशन गरेको आरोप लगाएका छन्।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति खड्काले महामन्त्रीहरू थुप्रै भ्रमहरू फैलाइएको आरोप लगाए।

उनले ‘पार्टी फुट्न थाल्यो भने हलबाट निस्किने मै हुन्छु’ भनेर महाधिवेशन प्रतिनिहरूलाई झुठो आश्वासन दिएको बताए। ‘महामन्त्रीहरूले विशेष महाधिवेशनले पार्टी फुट्दैन। पार्टी फुट्न थाल्यो भने हलबाट निस्किने मै हुन्छ भनेर प्रतिनिधिहरूलाई झुठो आश्वासन दिए। अन्ततः उनीहरूले नयाँ नेतृत्वका नाममा पार्टीलाई बिखण्डन गरे,’ खड्काले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार