काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई दिएका छन्।
उनले सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस् भन्दै बधाई दिएका हुन्। साथै उनले उपसभापति विश्वप्रकाश शर्मालाई पनि बधाई दिएका छन्।
‘गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई। शुभ रहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्। सद्भाव र प्रेम कहिल्यै नहटोस्।’






