काठमाडौं :नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।
देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए।





