ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड ! : उषाकिरण

२०८२ माघ ४, आईतवार

काठमाडौं : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको टुंगो लगाएसँगै पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको छ ।

एमाले सचिवालयको शनिबारको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । यसअघि रुपन्देही क्षेत्र नम्बर २ बाट निरन्तर निर्वाचन जित्दै आएका पौडेललाई यसपटक सुरक्षित क्षेत्रको खोजीमा पाल्पा पठाइएको चर्चा भइरहँदा पार्टीकै कार्यकर्ता र नेताहरूले भने यसको विरोध गरेका छन् ।

पाल्पा-२ मा यसअघि ठाकुर गैरेले निर्वाचन जितेका थिए । स्थानीय स्तरमा लोकप्रिय र सांगठनिक पकड भएका गैरेको टिकट खोसेर उपाध्यक्ष पौडेललाई दिइएपछि एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमार्फत कडा आक्रोश व्यक्त गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार