काठमाडौँ : फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित गरेका छन् । आफ्नो दलको पछिल्लो विकसित घटनाक्रम र नजिँकिदो चुनावको सन्दर्भलाई लिएर फिल्मको रिलिज रोकिएको उनले जनाएका छन् ।
उनले फिल्मको प्रदर्शन मिति स्थगित गरेकोमा क्षमायाचना गर्दै नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने जानकारी दिए । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
देशको वर्तमान राजनैतिक अवस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसँग धेरै हदसम्म मिल्दो विषयवस्तु प्रस्तुत फिल्म काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्दै छ । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको फिल्ममा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।
निर्माता कोइराला स्वयमको कथा रहेको पिःल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।





