रास्वपाबाट पुकार बमले पाए काठमाडौँ ४ मा टिकट

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंको ४ नम्बरमा पुकार बमले टिकट पाएका छन् । यससँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेदवार टुंग्याएको छ ।

बलमे यसअघिको निर्वाचनमा काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर हारेका थिए । प्रकाशमानसिंह पहिलो र रवीन्द्र दोस्रो हुँदा उनी तेस्रो स्थानमा रहे । यसपटक पनि उनको आकांक्षा काठमाडौं १ मै थियो । तर, पार्टीले त्यहाँ रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि उनी ४ नम्बरमा पुगेका हुन् ।

काठमाडौं ४ कांग्रेस सभापति गगन थापाको निर्वाचन क्षेत्र हो । तर थापा यसपटक काठमाडौं ४ छोडेर सर्लाही झरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार