काठमाडौँ : मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले बताए ।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।





