खोटाङ : अर्थ विश्लेषक हरि रोकाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले कृषकहरूको आवाज बन्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । रोकाले भने, “म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन, अहिले पनि म किसान नै हुँ । म कृषकको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरूकै पक्षमा हुनेछ ।”
यहाँ दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले) बाट देवविक्रम राई उम्मेदवार बनेका छन् ।





