हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

२०८२ माघ ७, बुधबार

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी-प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयले व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ ।

इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरी चौकी वा स्थानीय प्रशासन कार्यालयमा बुझाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार