पूर्वप्रधानमन्त्री हानलाई २३ वर्षको जेल सजाय

२०८२ माघ ७, बुधबार

काठमाडौं : दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डुक सूलाई राजद्रोह (विद्रोह) को आरोपमा २३ वर्षको जेल सजाय सुनाएको छ ।

यो सजाय सन् २०२४ डिसेम्बरमा तत्कालीन राष्ट्रपति यून सुक योलद्वारा घोषित ‘मार्सल ल’ (सैनिक शासन) मा उनको भूमिकाका लागि दिइएको हो ।

सियोल केन्द्रीय जिल्ला अदालतले ७६ वर्षीय हानलाई ‘मार्सल ल’को घोषणामा सहायता गरेको र संविधानविरोधी कार्यहरूलाई सहज बनाएकोमा दोषी ठहर गरेको छ । न्यायाधीशका अनुसार, हानले एक वैध मन्त्रिपरिषद् बैठक आयोजना गर्न असफल भई मार्सल ल लागु गर्नका लागि केवल बाह्य औपचारिकताहरू मात्र पूरा गरेर आफ्नो संवैधानिक कर्तव्यको उपेक्षा गरेका थिए ।

अदालतले डिसेम्बर २०२४ को मार्सल ल संकटलाई कानुनी रूपमा राजद्रोहको संज्ञा दिएको छ । हानलाई यो विद्रोहका मुख्य योजनाकारहरूलाई सहयोग गरेको र झुटो बयान दिएकोमा दोषी पाइएको छ । फैसलालगत्तै हान डुक सूलाई अदालतबाटै हिरासतमा लिइएको थियो ।

दक्षिण कोरियाको संवैधानिक इतिहासमा पूर्वप्रधानमन्त्रीलाई अदालतको फैसलालगत्तै जेल पठाइएको यो पहिलोपटक हो । पूर्वराष्ट्रपति यून सुक योललाई गत हप्ता मात्र न्यायमा अवरोध पुर्‍याएकोमा पाँच वर्षको जेल सजाय सुनाइएको भए पनि उनी अझै पनि राजद्रोह र अन्य गम्भीर आरोपहरूमा छुट्टै मुद्दाहरूको सामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार