च्याम्पियन्स लिग फुटबल : बार्सिलोनासँग स्लाभिया प्राहा पराजित

२०८२ माघ ८, बिहीबार

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले २ गोल गर्दा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । स्लाभियाका लागि भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीबाट भएको आत्मघाती गोल उपहार पायो ।

खेलमा सुरुवाती अग्रता भने स्लाभियाले लिएको थियो । १०औं मिनेटमा कुसेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजले ३४औं मिनेटमा बराबरी गोल फर्काए भने उनले ४२औं मिनेटमा गोल गरेपछि बार्सिलोना अगाडि आएको थियो ।

यद्यपी त्यसको दुई मिनेटपछि लेवान्डोस्कीबाट आत्मघाती गोल हुँदा पहिलो हाफअघि खेल फेरि बराबरीमा आएको थियो ।दोस्रो हाफको ६३औं मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोना ३-२ ले अगाडि आयो ।  ७०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको ४-२ को जित पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार