सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८२ माघ ८, बिहीबार

मङ्गलबारे : इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो ।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए । गम्भीर घाइते भएका निजको अस्पताल पुऱ्याउने क्रममा बाटामा मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार