बालेनले इलाम पुगेर सुरु गरे घरदैलो अभियान

२०८२ माघ ८, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन बिहीबार बिहान इलाम पुगेका हुन्।झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका बालेन बिहीबार इलाम पुगेका हुन्।

इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम– २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम सदरमुकाम इलाम बजारमा भेट गरेका छन् । बालेन इलाम पुग्दा उनलाई भेट्ने र सँगै फोटो खिँच्दै हात मिलाउनेको भीड लागेको थियो ।

उनी आजै पाँचथर पुग्ने कार्यक्रम रहेको छ।उनी पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उपस्थित हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार