पार्टी विभाजन रोक्न मध्यमार्गी भूमिका खेलेँ : कोइराला

२०८२ माघ ८, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे। प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै उनले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने दाबी गरे। विशेष महाधिवेशनतर्फ गएको भए पार्टी विभाजन हुनसक्ने अवस्था देखिएकाले आफूले बीचको बाटो लिएको उनले दोहोर्‍याए ।

‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो,’ उनले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला) जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ ।’

जेनजी आन्दोलन अघिसम्म सांसदका रूपमा रहँदा आफू नीति निर्माणदेखि जनताको जीवन सहज र सुखद बनाउने काममा केन्द्रित रहेको कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार