महेश बस्नेतले बालेनसँग मागे माफी

२०८२ माघ ८, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले जनकपुरमा सम्बोधनको क्रममा प्रयोग गरेको मैथिली शब्दलाई गलत अर्थ लगाउने प्रयास गरेका एमाले सचिव महेश बस्नेतले अन्ततः माफी मागेका छन् ।

बस्नेतले सामाजिक संजालमा लेखेका छन् ‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार