इंग्ल्यान्डसँगको पहिलो ओडिआईमा श्रीलंका १९ रनले विजयी

२०८२ माघ ९, शुक्रबार

काठमाडौं : श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेल जितेको छ । बिहीबार कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंका १९ रनले विजयी भएको हो ।

श्रीलंकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक ६२ र जो रुटले ६१ रन बनाए । अन्त्यतिर जेमी ओभर्टनले १७ बलमा ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मधुशन्काले ३ विकेट लिए । दुनिथ वेलालगे र जेफरे वेन्डरसेले २-२ तथा असिथा फर्नान्डो, धनन्जय डा सिल्भा र चरिथ असलंकाले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७१ रन बनाएको थियो । कुशल मेन्डिसले सर्वाधिक अविजित ९३ रन बनाए भने जनिथ लियानागेले ४६ रन जोडे ।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिए । साम करान, लियाम डसन र रेहान अहमदले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार