कजारियाको नयाँ शोरुम विराटनगरमा उद्घाटन

२०८२ माघ ११, आईतवार

काठमाडौं : प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिती थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूमको औपचारिक उद्घाटन गरेको छ।

न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालन हुने उक्त शोरूममार्फत विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य लिइएको छ।

शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय भीम पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको कोशी प्रदेशमा विस्तार हुनु औद्योगिक तथा निर्माण क्षेत्रप्रतिको विश्वासको संकेत भएको उल्लेख गरे। यस्ता लगानीले उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।

कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले नेपालप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता दोहोर्याउदै विराटनगरको नयाँ शोरूम पूर्वी नेपालका ग्राहकहरूसम्म विश्वस्तरीय टायल पहुँच पुर्याउँदै महत्वपूर्ण कदम भएको बताए ।

विराटनगरको केन्द्रमा अवस्थित यस शोरूममा आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ। कजारियाले नेपालभर १०० भन्दा बढी शोरूम सञ्जाल विस्तार गरिसकेको छ भने अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार