उत्तेजनाको होइन, एकताको राजनीति गर्छु : गगन थापा

२०८२ माघ १२, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सर्लाही-४ बाट उम्मेदवारी दिएको बताएका छन् ।

उम्मेदवारी मनोनयन दर्तापछि सोमबार आफ्नो निर्वाचन क्षेत्र पुगेकै दिन भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशसँगको साइनो औपचारिकतामा सीमित हुन नहुने बताएका हुन् । ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिङ्गो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भने।

पहाडबाट झरेको परिवार र काठमाडौँमै हुर्किएको पृष्ठभूमि भएकाले मधेशसँग उम्मेदवारका रूपमा झन् नजिकिन चाहेको उनले बताए। मधेशका कुरा काठमाडौंमा र काठमाडौँका कुरा मधेशमा सुनाउने चाहना रहेको उनको भनाइ छ। सभापति थापाले काठमाडौँ–४ का मतदाताले तीन पटक निर्वाचित गरिदिएकोमा कृतज्ञता व्यक्त गरे। ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैँ पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहीँभित्र बिताएँ,’ उनले भने।

सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझाव धेरै आएको उल्लेख गर्दै उनले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताए। अधिकारसँगै एकता आवश्यक रहेको भन्दै सबैको बीचमा एकता नहुँदा समस्या समाधान नहुने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार