काठमाडौं : आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।
मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।
मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहररूमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरूको संख्या बढेर गएको छ ।
धर्म शास्त्रका अनुसार मंगलबार बर्जित गरिएको काम-
धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।
भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्र
यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २- ॐ श्री गणेशाय नमः ३- गं गणपतये नमः ४- ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७- ॐ गजाननाय नमः ८- ॐ एकदंताय नमो नमः ९- ॐ लंबोदराय नमः १०- ॐ वक्रतुंडाय नमो नमः ११- ॐ गणाध्यक्षाय नमः





