देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

२०८२ माघ १३, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएका छन् ।

मङ्गलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको बताएका हुन् । “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दै छौँ,” थापाले भने, “फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।”

अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ। चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उनले आरोप लगाए।

पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ। “हामी फागुन २१ को चुनावसँग जोडिएर नयाँ बन्न खोजेको होइन तर पार्टी बदल्नुपर्छ भनेर कार्यकर्ताले भनेपछि पार्टी बदलेका छौँ,” सभापति थापाले भने, “अहिलेको सन्दर्भमा त बदलिएको कांग्रेस नै नयाँ पार्टी हो। अब यही नयाँ सिराबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार