बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छ : पौडेल

२०८२ माघ २०, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नं-५ का मतदातासँग सोमबार आयोजित भेटघाट कार्यक्रममा उनले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताए। महामन्त्री पौडेलले नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधार गरिएको सुनाए। ‘नेपाली कांग्रेससँग नागरिकका धेरै गुनासा र अपेक्षा छन्, नागरिकका गुनासा सम्बोधन गर्न कांग्रेसलाई निर्वाचित गराउन आवश्यक छ’, उनले भने।

आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएका घोषणा पत्र तयार गरिँदै गरेको उनको भनाइ थियो। सो घोषणापत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्गचित्र तय गर्ने महामन्त्री पौडेलले बताए।

‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौं, तपाईंहरु सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार