जनताको जीवनस्तर सुधार हाम्रो मुख्य एजेन्डा : यादव

२०८२ माघ २२, बिहीबार

धनुषा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य ‘एजेन्डा’ रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा उनले मधेसको विकास र पहिचानका लागि पार्टी निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो शक्तिको आधार भएको बताए ।

त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्दै यादवले विचार र एजेन्डामा सहमति हुनेहरूका लागि पार्टी सधैँ खुला रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार